दमक, माघ ९ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्बाङलाई पितृशोक परेको छ ।

नेम्बाङका पिता ८२ बर्षिय पूर्व ब्रिटिस सैनिक खड्गध्वज नेम्बाङको गएराति १० ः३८ बजे आफ्नै निवास दमक ६ मा निधन भएको हो ।
बिगत केही बर्षदेखि मुटु रोगसम्बन्धी समस्याका कारण उपचाररत उनी गत कार्तिकमा मात्र बेलायतदेखि नेपाल आएका थिए। राजनीतिबाहेक दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्यलगायतका विभिन्न सामाजिक कार्यमा सक्रिय देउकुमार स्व.नेम्बाङका कान्छा छोरा हुन् ।
पान्थर चिलिङदिन ५,पात्लेमा जन्मिएका स्व. नेम्बाङ दुई छोरा ,पाँच छोरीहरु छन् ।
उनको पार्थिव शरीरको आज मध्यान्ह १२ः३० बजे कमल गाउँपालिका ५ स्थित साबित्रा चौक उत्तरको समाधिस्थलमा अन्त्येष्टि गरिने भएको पारिवारिक स्रोतले जनाएको छ ।