बिर्तामोड , माघ ९ । २० औ सशस्त्र प्रहरी दिवसको अवसर पारेर सशस्त्र प्रहरी वल २ नं गण हेडक्वाटर भद्रपुर झापाले आज राहत वितरण गरेको छ ।

स्थापना दिवसको अवसर पारेर गणले बिर्तामोड नगरपालिका ४ स्थित तारा नमस्ते बालग्रामलाई खाद्यान्न तथा २० थान कम्बल वितरण गरेको हो । गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले तारा नमस्ते बालग्रामका अध्यक्ष नारायण पोखरेल र यशोदा चापागाईलाई सो राहत सामग्री हस्तान्तरण गरेका थिए ।

उनले सीमा सुरक्षा , विपद् व्यवस्थापन , जिल्लाको शान्ति सुरक्षालगायतका कार्य गर्दै आएको सशस्त्र प्रहरीले यसका अलावा सामाजिक उत्तरदायित्वअन्तर्गत राहत वितरण गरेको बताए । कार्यक्रममा बिर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले स्थापना दिवसको अवसर पारेर सहयोग गरेकोमा सशस्त्र प्रहरीको २ नं गणलाई धन्यवाद दिए ।

तारा नमस्ते बालग्रामका अध्यक्ष पोखरेलको अध्यक्षता एवं सशस्त्र प्रहरी उपरीक्षक पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको संचालन सशस्त्र प्रहरी नायव उपरीक्षक पे्रम प्रसाईले गरेका थिए । बालबालिकाहरुलाई सहयोग गर्ने सशस्त्र प्रहरीको २ नं गणलाई संस्थाका तर्फबाट धन्यवाद ज्ञापन गरिएको सचिव दिपेन्द्र राउतले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्