गौरीगञ्ज, माघ ९ । गैरनागरिकलाई नेपाली नागरिकता दिएको अभियोगमा पक्राउ परेका ईलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जय साह रिहा भएका छन् ।

झापा जिल्ला अदालतले शुक्रबार उनलाई २ लाख रूपैयाँ धरौटीमा रिहा गरेको हो । उनीसँगै पक्राउ परेका कार्यालय सहयोगी २४ बर्षीय आसिर आलम र गौरादह नगरपालिका – ७ का ५९ बर्षीय कृष्ण तिम्सिनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् । प्रमुख साहलाई अदालतमा उपस्थित हुने गरी तारेखमा छोडिएको प्रहरीले जनाएको छ । उनलाई ३ जना तिब्बती मुलका नागरिकलाई नेपाली नागरिकता दिएको अभियोग लागेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्