भद्रपुर , माघ १० । एक ट्रक अवैध काठसहित इलामका एक व्यक्ति पक्राउ परेका छन् ।

आज विहानको राति २ बजे दमक वडा नं. ४ कृष्ण मन्दिरमा दक्षिणबाट उत्तरतर्फ जाने क्रममा को. १ ख ३०६२ नं. को सेतो रंगको मिनी ट्रकलाई रोकेर ईलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट ताराबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा अवैध काठ बरामद गरेको थियो ।

इलाम २ चेसाङ बस्ने २१ वर्षिय गणेश राईले चलाई ल्याएको सवारी साधन चेकजाँच गरी हेर्दा सवारीको पछाडीपट्टी रहेको क्यारिङको भागमा त्रिपालले छोपेको अवस्थामा अवैध सखुवा जातको ९९.५१ कि.बि. चिरान काठ बरामद भएको थियो । आवश्यक कानुनी प्रकृया पुरा गरी बरामद काठ, गाडी र राईलाई आवश्यक कानुनी कारबाहीको लागि डिभिजन वन कार्यालय भद्रपुर बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्