बुधबारे, माघ १० । बुधबारे जेसीजले लागुऔषध तथा दुर्व्यसनविरुद्धको अभियान शुभारम्भ गरेको छ ।

शनिबार बुद्धशान्ति गाउँपालिकाको परिसरमा विशेष कार्यक्रमको आयोजना गरी अभियान शुभारम्भ गरिएका हो ।
बुधबारे जेसीजका सदस्य विनोद नेम्बाङको संयोजकत्व, बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईको प्रमुख आतिथ्यमा लागुऔषध तथा दुर्व्यसनविरुद्धको अभियान शुभारम्भ गरिएको हो ।
संयोजक नेम्बाङले स्वागत मन्तव्य राखेको कार्यक्रममा कार्यक्रमको औचित्यमाथि अध्यक्ष वाग्लेले प्रकाश पारेका थिए । बुधबारे जेसीजका सदस्य दुर्योधनसिंह देवले जेसीज आस्था प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि चापागाईले जेसीजले शुभारम्भ गरेको कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए । उनले बुद्धशान्ति गाउँपालिकाका तर्फबाट गर्न सक्ने सहयोगमा गाउँपालिका सदैव सकारात्मक रहेको भनाई राखे । त्यस्तै कार्यक्रमका विशेष अतिथि इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रमुख निराजन कट्वालले बुद्धशान्ति गाउँपालिका लागु औषध तथा दुर्व्यसनको शिकार भएको परिपेक्षमा बुधबारे जेसीजले महत्वपूर्ण अभियान शुभारम्भ गरेको बताए । उनले इलाका प्रहरी कार्यालय बुद्धशान्तिले यस अभियानमा पूर्ण साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै अतिथि बुद्धआदर्श माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोरथ तिवारीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । उनले विभिन्न फर्मुला अपनाएर युवा दुर्व्यसनमा फसेको बताउँदै सबैको साझा प्रयासले कुलतमा फसेका तथा फस्न लागेका युवालाई जोगाउनु पर्ने धारणा राखे । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीको विशेष आतिथ्यता थियो भने बुद्धआदर्श माविका शिक्षक नारायण चम्लागाई, बुधबारे जेसीजका निवर्तमान अध्यक्ष नन्दकुमार याफू राई, पूर्व अध्यक्षद्वय सेमन्त पोखरेल, रमेश बरालको आतिथ्यता थियो ।
गोकुल पौड्यालले सञ्चालन गरेको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, संघसंस्थाका प्रतिनिधि, जेसीजका पदाधिकारीसहित सरोकारवाला पक्षको सहभागिता थियो ।
यसैबीच बुद्धशान्तिमा लागुऔषध प्रयोगकर्ता बढ्न थालेपछि त्यसको न्यूनीकरणका लागि शनिबार बुधबारे जेसीजले र्याली सम्पन्न गरेको छ । करीव ३ सयबढीको सहभागिता रहेको र्यालीमा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, इलाका प्रहरी कार्यालयका प्रमुखसहित प्रहरीहरु, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, संघसंस्थाका प्रतिनिधि, बुधबारे जेसीजका पदाधिकारीको सहभागिता थियो ।
लागुऔषध तथा दुर्व्यसनविरुद्धका सचेतनामूलक प्लेकार्डसहितको र्याली गरिएको थियो । बुद्धशान्ति गाउँपालिकाको परिसरबाट सुरु भएको र्याली बुधबारे बजार परिक्रमा गर्दै पुनः सोही ठाउँमा पुगेर अन्त्य भएको थियो ।
बुधबारे जेसीजले वर्ष २०२१ को पद हस्तान्तरणयता आधा दर्जनबढी कार्यक्रम सम्पन्न गरिसकेको छ । जसमा जेसीजका युवालाई प्रिइन्डक्सन तालिम, लोपोन्मुख भाले जुधाई कार्यक्रम, जेसीजमा लागेका युवाहरुको व्यवसाय प्रवद्र्धनअन्तर्गत ‘जेसीको व्यवसाय प्रवद्र्धन कार्यक्रम’, आनन्देश्वर शिव मन्दिर गुरुकुल संस्कृत पाठशालाका विद्यार्थीहरुलाई गीताको कितावसहित सम्मान तथा खाद्यान्न वितरण, जाडोमा समस्या बेहोरिरहेका शान्तिनगर क्षेत्रका १६ अतिविपन्न विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामग्री वितरण, बुद्धशान्तिका १५ अतिविपन्न जेष्ठ नागरिकलाई जुत्ता वितरणलगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

यसैबीच आफ्नो जन्मदिनको अवसर पारेर बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चापागाईकी धर्मपत्नी जमुनादेवी चापागाईले बुधबारे जेसीजले थालेको लागुऔषध विरुद्धको अभियान सफल बनाउन २५ हजार रुपैयाँ सहयोग गरेकी छिन् ।
उनले आफ्नो जन्मदिनमा सामाजिक दायित्व बनेको लागुऔषध तथा दुव्र्यसनविरुद्धको अभियानमा सहयोग गरेको बताइन् । लागुऔषधले युवा पुस्तामा नराम्रो असर पारेको हुँदा त्यसतर्फ सचेत बन्न सम्पूर्ण युवालाई आव्हान गर्दै सभ्य समाज निर्माणमा थोरै भएपनि सहयोग गरेको चापागाईले बताइन् । उनले प्रदान गरेको चेक उनका श्रीमान् बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय चापागाईले बुधबारे जेसीजका अध्यक्ष वाग्लेलाई प्रदान गरेका थिए ।