बिर्तामोड , माघ १० । नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको १९ औं स्मृति दिवस बिर्तामोडमा मनाइएको छ ।

गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र झापाले ‘अधिकार पहिचानको संघर्ष र गजेन्द्र नारायण सिंह’ विषयक अन्तरक्रियासहित स्मृति दिवस मनाएको हो ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वनाथ सिंह राजवंशीको प्रमुख आतिथ्य एवं स्मृति प्रतिष्ठानका संयोजक सूर्यनारायण गणेशको अध्यक्षता भएको कार्यक्रमका वक्ताहरुले स्व. गजेन्द्रनारायण सिंहले संघीयता , मधेश र मशेसीका लागि दिएको योगदानका बारेमा चर्चा गरेका थिए ।
पार्टीका जिल्ला उपसभापति सन्तोषकुमार गणेशले स्वागत गरेको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य भगिरथ पोद्धार, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नित्यानन्द ताजपुरिया, जनमुक्ति पार्टीका अध्यक्ष भवानी सेलिङ्, जनता समाजवादी पार्टीका झापा अध्यक्षद्वय दिपेनवाला राई र अनुतसिंह राजवंशी, पार्टीकी जिल्ला उपसभापति संगीता रौनियार, युवा प्रदेश संयोजक रोशन लिम्बूलगायतले बोलेका थिए ।

कार्यक्रममा सद्भावना पार्टीका संस्थापक झापा अध्यक्ष कामेश्वर दत्तलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन पार्टीका प्रदेश सदस्य सज्जनकुमार वंशलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्