भद्रपुर, माघ ११ । आरोही इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. को प्रथम वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

हल्दीवारीस्थित भेलागुडी सामुदायिक वनमा कम्पनीको साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष रमेश पोखरेलको अध्यक्षता तथा प्रदेश १ आर्थिक मामिला मन्त्रालयका सहसचिव पंकज भुर्तेलको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका प्रवन्ध निर्देशक प्रकाश भण्डारीले वर्षभरिको गतिविधि प्रस्तुत गरेका थिए भने स्वागत मन्तव्य मनोज तिम्सिना र कार्यक्रमको औचित्यमाथि रमेश भण्डारीले प्रकाश पारेका थिए । कम्पनी सचिव भरत प्रसाईले संचालन गरेको कार्यक्रममा बाह्रदशी गाउँपालिकामा जेसीजको स्थापना गरी महत्वपूर्ण योगदान दिएकोे भन्दै बाह्रदशी जेसीजका संस्थापक अध्यक्ष विगम श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्