दमक , माघ ११ ।आत्रेय गोत्रीय पौडेल वंशसम्बद्ध संस्थाहरुको छाता संगठन पौडेल वंश महासंघ झापाको प्रथम जिल्ला भेला दमकमा सम्पन्न भएको छ ।

बर्षौंदेखि अस्तित्वमा रहेका पौडेलसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिसहित पौडेल बन्धुहरु सहभागी भेलाले नेत्र पौडेलको अध्यक्षतामा महासंघको जिल्ला समिति गठन गरेको हो । दमक ७ स्थित पौड्याल वंशोद्धार केन्द्रिय समितिको भवनमा सम्पन्न भेलाले उपाध्यक्षमा हरि पौडेललाई चयन गरेको छ । त्यस्तै सचिवमा छबिलाल पौडेल र कोषाध्यक्षमा मुना पौडेललाई चयन गरेको छ । सदस्यहरुमा सुकदेव, शिव, काजीमान, गोपाल र गोविन्दप्रसाद पौडेल चयन भएका छन । महासंघको जिल्ला समितिलाई जिल्लाका सबै पालिकाहरुबाट बन्धुहरुको प्रतिनिधित्व हुनेगरी विस्तार गरिने जनाइएको छ ।

महासंघका केन्द्रीय अध्यक्ष लोकनाथ पौडेलको प्रमुख आतिथ्यमा भएको भेलाको अध्यक्षता डिल्लीराम पौडेलले गरेका थिए । कार्यक्रमको उद्धेश्यमाथि केन्द्रिय सचिव उद्धव पौडेलले प्रकाश पारेका थिए । भेलामा प्रमुख अतिथि लोकनाथ,महासंघकी केन्द्रीय उपाध्यक्ष बालिका पौडेल, केन्द्रीय सदस्य कमलप्रसाद पौडेल , सदस्य उद्धव पौडेल, कालिकोटे खडका बन्धु समाजका अध्यक्ष धनबहादुर खडकालगायतले शुभकामना मन्तव्य राखेको महासंघका केन्द्रीय सदस्य युवराज पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्