दमक , माघ ११ । दमक–६ घर भई हाल अमेरिकामा बसोबास गर्दै आएकी मनिषा एवई राईले अनाथ बाल आश्रमलाई जाडोका लागि उपयोगी लत्ताकपडासहित खाद्यान्न सहयोग गरेकी छन् ।

आइतबार दमक–९ स्थित आश्रममा कार्यक्रम गरी उनले त्यहाँ आश्रित असहाय बालबालिकाहरुलाई आवश्यक लत्ताकपडा र खाद्यान्न सहयोगी गरेकी हुन् ।
राईले उनीहरुलाई ६ थान ओढ्ने फाइबर सिरकसहित ५० केजी चामल, ४ लिटर खानेतेल, ५ केजी चिनी, ५ केजी दाल, साबुन, ब्रसलगायतका सामग्री हस्तान्तरण गरिन् ।
कमल–५ स्थित नन्द चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानको संयोजनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।


सामाजिक कार्यमा सक्रिय राईले आफूले आर्जन गरेको रकमबाट खाजा खर्च कटाएर मानवीय सेवामा सहयोग गर्दै आएको बताइन् ।
सहयोग सामग्रीहरु दमक ९ नम्बर वडाका अध्यक्ष रामबहादुर धिमाल, प्रतिष्ठानका सचिव समेत रहेका पत्रकार विष्णु सुब्बाले आश्रम सञ्चालक समितिकी उपाध्यक्ष मन्दरा पौडेल र कोषाध्यक्ष मेनुका बुढाथोकीसहित बालबालिकाहरुलाई हस्तान्तरण गरेका थिए ।
सो आश्रममा हाल १६ जना असहाय तथा विपन्न वर्गका बालबालिकाहरु आश्रित छन् । कार्यक्रममा वडा अध्यक्ष धिमाल र आश्रम सञ्चालक समितिका उपाध्यक्ष पौडेलले सहयोगी दातालाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्