बुधबारे, माघ ११ । बुधबारे जेसीजले विद्यालय र विद्यार्थीलक्षित कार्यक्रम ‘आहा स्कुल’को आइतबार शुभारम्भ गरेको छ ।

बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख कमल निरौलाले कार्यक्रमको शुभारम्भ गरेका हुन् । बुद्धशान्ति १ को बुद्धआदर्श माविमा बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्वमा भएको उक्त कार्यक्रम शुभारम्भपछि बुद्धशान्ति गाउँपालिकाका ३३ वटा सामुदायिक तथा संस्थागत विद्यालयका कार्यालयमा विद्यार्थीको आशा अभिभावकको भरोसा समेटिएको बोर्ड राख्ने कार्य भएको छ ।

‘आहा स्कुल’ शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि निरौलाले युवा सर्कलबाट विद्यालयलक्षित कार्यक्रममा यति धेरै चासो आफूलेपहिलो चोटी पाएको प्रतिक्रिया दिँदै अभियानको सफलताको कामना व्यक्त गरे । उनले आफू र आफ्नो कार्यालयको तर्फबाट गर्नुपर्ने साथ सहयोग रहने बताए ।
कार्यक्रममा विशेष अतिथि बुद्धशान्ति प्याव्सनका अध्यक्ष विष्णु सापकोटाले अभियान उत्कृष्ट रहेको बताए । विद्यालय र शिक्षकप्रति साँच्चै नै विद्यार्थीले धेरै आशा र अभिभावकले ठूलो भरोसा गरेको उनले बताए । त्यस्तै बुद्धआदर्श माविका प्रधानाध्यापक कृष्णराज भण्डारीले जेसीजले थालेको यस कार्यले ठूलो महत्व राखेको विचार व्यक्त गरे ।
कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष वाग्लेले आहा स्कुल कार्यक्रममा विद्यालय, शिक्षक र विद्यार्थीलक्षित कार्यक्रम वर्षभरि हुने जानकारी दिए । कार्यक्रममा प्याव्सन झापाका कोषाध्यक्ष छत्रबहादुर कार्की, बुद्धआदर्श माविका सहायक प्रधानाध्यापक मुनाराज शेर्मा, बुधबारे जेसीजका निवर्तमान अध्यक्ष नन्दकुमार याफू राई, शिक्षक शिक्षिका, सञ्चारकर्मी, जेसीज पदाधिकारीको आतिथ्यता रहेको थियो । बुधबारे जेसीजका महासचिव गजुहाङ योङहाङले आस्था वाचन गरेको कार्यक्रममा स्वागत मन्तव्य संयोजक दिपेन सिटौलाले राखेका थिए । कार्यक्रम महासचिव सुजित बरालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्