भद्रपुर , माघ ११ । बहुविवाह र सवारी ज्यान मुद्धाका दुई फरार प्रतिवादी पक्राउ परी जेल चलान भएका छन् ।

जेल जानेमा बहुबिवाह मुद्धाका प्रतिवादी मेचीनगर वडा नं. ११ बस्ने बाबुल राजबंशी र सवारी ज्यान मुद्धाका प्रतिवादी दमक वडा नं. १ बस्ने सन्तोष रामदान रहेका छन् । दुवैलाई आज पक्राउ गरिएको हो ।

३१ वर्षिय राजवंशीलाई बहुबिवाह मुद्धामा झापा जिल्ला अदालतले २०६८ फागुन २८ गते एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो । त्यस्तै ३२ वर्षिय रामदानलाई खोटाङ जिल्ला अदालतले २०७१ मंसिर २३ गते १३ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्