बिर्तामोड, माघ ११ । क्षितिज नाट्य समूहको अगुवाईमा बिर्तामोडमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघरका लागि शिखर बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।

शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राउतले झापा नाटकघर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाई र सहसंयोजक कुमार भट्टराईलाई उक्त रकम प्रदान गरेका हुन् ।
झापा नाटकघर निर्माण व्यवस्थापन समितिका संयोजक प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा झापा नाटकघर निर्माण व्यवस्थापन समितिका सहसंयोजक भट्टराईले स्वागत गरेका थिए । सोही कार्यक्रममा तत्कालीन गोलघाप गाविसका अध्यक्ष तथा सामाजिक अभियन्ता बिर्तामोड निवासी नारायण पोखरेलले पनि ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । झापा नाटकघर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाई र सह संयोजक कुमार भट्टराईलाई पोखरेलले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राउतले क्षितिज नाट्य समूहले अगुवाई गरेर सरकारले समेत बनाउन नसकेको झापा नाटकघर निर्माण गरेको भन्दै संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत आफूले उक्त सहयोग प्रदान गरेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्