सपना आचार्य,
इलामको माई नगरपालिकामा कुमार लिम्बुको अध्यक्षतामा २ सय ६५ सदस्यीय राष्ट्रिय युवा संघ माई नगर कमिटी विस्तार गरिएको छ ।

राष्ट्रिय युवा संघ इलाम जिल्ला कमिटी कार्यालय सदस्य एवम माई नगर संयोजक कुमार लिम्बूको अध्यक्षता तथा प्रदेश नं १ का भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री एवं नेकपा केन्द्रीय सदस्य, इलाम जिल्ला कमिटी अध्यक्ष राम रानाको प्रमुख आतिथ्यता, नेकपा केन्द्रीय सदस्य तथा इलाम नगरपालिकाका मेयर महेश बस्नेत र नेकपा जिल्ला कमिटी सचिवालय सदस्य माईका मेयर दिपककुमार थेवेको विशेष आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।

राष्ट्रिय युवा संघका जिल्ला सदस्य गजेन्द्र लिम्बुको सञ्चालन तथा जिल्ला सदस्य विकास बाँस्तोलाले स्वागत मन्तव्य गरेको भेलामा नेकपा जिल्ला कमिटी सदस्य एवं माई नगर कमिटी अध्यक्ष मेघनाथ गिरी, नेकपा जिल्ला कमिटी सदस्य एवं माई नगर कमिटी सचिव हेमबहादुर लायो मगर, जिल्ला कमिटी सचिवालय सदस्य एवं माइ नगरपालिका उपप्रमुख विष्णुमाया रिमाल, जिल्ला कमिटी सदस्य एवं वडा नं ६ का वडा अध्यक्ष मुखराज आङ्देम्वे, माई नगरकमिटी सदस्य महेन्द्र बुढाथोकी, राष्ट्रिय युवा संघ इलाम जिल्ला कमिटी अध्यक्ष अरुण बराललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
भेलामा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय युवा संघको माध्यमबाट गोविन्द राना , दुर्गा बहादुर लिम्बूलगायत नेकपामा प्रवेश गरेको अखिल इलामका कार्यालय सदस्य गोपाल आचार्यले बताए ।