भद्रपुर , माघ १३ । बहुविवाह मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा दमक ५ बस्ने ४१ वर्षिया मन्जुदेवी भनिने अम्बिका कटुवाल डाँगी र सोही ठाउँका ४७ वर्षिय बमबहादुर डाँगी रहेका छन् । मोरङ जिल्ला अदालतको २०७० चैत ९ गतेको फैसला अनुसार जनही एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना ठहरिएका बहुबिवाह मुद्धाका ती प्रतिवादीहरु फरार रहेका थिए ।उनीहरुलाई बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले आज पक्राउ गरेको हो । पक्राउपछि कैद भुक्तानको लागि कारागार पठाउने आदेश भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच झापा शिबसताक्षी ११ स्थित राजमार्गबाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दमक ८ का २५ बर्षीय सतबहादुर देवान र सोही स्थानका ३२ बर्षीय दिलिप महत रहेका छन । टेम्पोमा आएका उनीहरुलाई सोमबार राति साढे ८ बजे ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुका साथबाट डाईजेपाम ५८ एम्पुल, बुफ्रेनोर्फिन ५७ एम्पुल र प्रोमेथोजाईन ५८ एम्पुल लागूऔषध बरामद गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्