धुलावारी, माघ १३ । मेची चेम्बर अफ कमर्स मेचीनगर कार्यसमितिमा चारजना सदस्य मनोनित भएका छन् ।

चेम्बरका अध्यक्ष ललित बोहोराका अनुसार कार्यसमिति बैठकले चारजना सदस्यलाई मनोनित गरेको हो । विधानमा उल्लेखित व्यवस्था बमोजिम बैठकबाट मनोनित चारैजनाले सपथ ग्रहण गरेका छन् ।
मनोनित हुने सदस्यहरुमा वीरबहादुर बेघा(वीरु), लसुधा श्रेष्ठ, विनोद राजवंशी र निखिल वंशल छन् । उनीहरुलाई अध्यक्ष बोहोराले एक कार्यक्रमकाबीच सपथ ग्रहण गराएका थिए ।
गत साउन ६ गते जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको चेम्बरको कार्यालय धुलावारीमा रहेको छ ।