भद्रपुर , माघ १५ । बहुबिवाह मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक ९ बस्ने ३८ वर्षिय बमबहादुर खवास रहेका छन् । झापा जिल्ला अदालतको २०६६ असोज १ गतेको फैसला अनुसार उनलाई दुई वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाइएको थियो । ११ वर्षदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले आज पक्राउ गरेको हो । अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि कारागार पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।