दमक, माघ १५ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले दमकमा सदस्य अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीको शिक्षा उपसमितिको आयोजनामा भएको कार्यक्रम दमक सेवाकेन्द्रका ब्यवस्थापन उपसमितिका संयोजक शेरबहादुर भट्टराईको अध्यक्षतामा भएको हो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले ब्यवसायीहरुलाई कर्जा प्रवाह गर्दा ब्याजदरलगायतमा सहुलियत दिन आग्रह गरे ।

सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता भएको कार्यक्रममा संस्थाको नीतिनियम सेवासुविधासहित बिशेष उपचार कोषको बारेमा सहकारीका सचिव भुपाल बस्नेत, संस्थाको मोबाइल बैंकिङसहित प्रविधिको बारेमा सहकारीका आईटी प्रमुख तारानाथ सेडाईं र संस्थाको वर्तमान कारोबारको अवस्थाका बारेमा दमक सेवाकेन्द्र प्रमुख सुजन भण्डारीले सहजीकरण गरेकोे दमक सेवाकेन्द्र व्यवस्थापन समिति सदस्य गिरिराज भट्टराईले जानकारी दिए ।
कार्यक्रममा कर्णाली सहकारीका उपाध्यक्ष ईश्वरीप्रसाद खरेल, कोषाध्यक्ष एकराज विष्टसहित दमक सेवाकेन्द्रका व्यवस्थापन उपसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
दमक सेवाकेन्द्रअन्तर्गत रहेका सदस्यहरुलाई सञ्चालन गरिएको कार्यक्रममा ७३ जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्