दमक, माघ १६ । झापाको दमक नगरपालिका वडा नम्बर ४ मा निर्माण भैरहेको प्रदेशस्तरीय एकीकृत अपाङ्गता पुनःस्थापना केन्द्रलाई जनता टेलिभिजनबाट प्रसारण भैरहेको नेपाली कमेडी शोको टिमले २० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

नेपाली कमेडी शोको प्रत्यक्ष अवलोकनको लागि पुगेको दमक अपाङ्ग सहयोग समितिको टोलीलाई उक्त शोको तर्पmबाट सहयोग उपलब्ध गराईएको हो ।
गत बुधबार प्रसारित कार्यक्रममा दमक अपाङ्ग सहयोग समितिको तर्पmबाट सचिव मदनकुमार बोहराको नेतृत्वमा एक टोली सहभागी भएको थियो । उक्त कार्यक्रममै कार्यक्रमका निर्माता तथा कलाकार राजा राजेन्द्र पोखरेलले २० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।
बिभिन्न किसिमका अपाङ्गता भएकाहरुका लागि प्रदेशस्तरीय आवासीय तालिम केन्द्रसहित स्वरोजगार उत्पादन केन्द्र बनाउने उद्धेश्यसहित करिब १० कट्ठा जग्गामा भवन निर्माण भैरहेको दमक अपाङ्ग सहयोग समितिका अध्यक्ष खगेन्द्रबहादुर भट्टराईले जानकारी दिए । ठूलो लक्ष्य र योजनाकासाथ दमकमा अपाङ्गता पुनःस्थापना केन्द्र निर्माण भैरहेकाले यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्