कुमरखोद , माघ १६ । झापा गाउँपालिकाले वच्चा जन्मेको ३५ दिनभित्र जन्म दर्ता गर्नेलाई शिशु प्रोत्साहन भत्तास्वरुप १५ सय रुपैयाँ तथा उपाध्यक्ष मातृशिशु कार्यक्रमअन्तर्गत सुत्केरी स्याहारसुसारको लागि न्यानो कपडा , झोला र पोषण सामग्री वितरण गरेको छ ।

झापा गाउँपालिकाले यो कार्यक्रमलाई ७ वटै वडा कार्यालयहरुमा सम्पन्न गरेको थियो । पालिकाभरि १३९ जना सुत्केरी आमाले सो सुविधा पाएका छन् । शुक्रवार वडा नं १ र २ को कार्यालयमा एक विशेष कार्यक्रम गरी समापन गरिएको होे ।

झापा गाउँपालिकाको वडा नं. १ का वडा अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह रहेका थिए भने विशेष अतिथि झापा गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी वुढाथोकी रहेकी थिइन् । अध्यक्ष शाहले झापा गाउँपालिकाले जन्मदेखि मृत्युसम्मको कार्यक्रम ल्याएकोले जनता र जनप्रतिनिधिवीचको सम्वन्ध अझ राम्रो हुने बताए ।उनले आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई अझ फराकिलो ढंगले अगाडी बढाईने बताए ।

त्यसैगरी उपाध्यक्ष वुढाथोकीले यो कार्यक्रम झापा जिल्लाको मात्र नभई देशकै नमनुा कार्यक्रम भएको दावी गरिन् । आव ०७७–७८ को गाउँसभावाट पारित गराई जन्मदेखि मृत्यु म्मको संस्कार खर्च कार्यक्रमलाई निरन्तरता दिने उनले बताइन् ।
वडा नं २ का वडा अध्यक्ष नेत्रवहादुर खड्काले स्वागत गरेको कार्यक्रममा स्वास्थ्यकर्मी अन्जु थपलियाले स्वास्थ्यसम्वन्धी जानकारी दिएकी थिइन् भने कार्यक्रममा स्वास्थ्यकर्मी वविता न्यौपाने , वडा सचिव नारायण चम्लागाई , पत्रकार वरतलाल राजवंशी , समाजसेवी कोकिलप्रसाद राजवंशी , समसाद आलमलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन न्याय समिति सदस्य राजकुमार कोचले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्