सपना आचार्य,
माई , माघ १६ । हेरचाहका लागि उत्प्रेरणा कार्यक्रमअन्तरगत माई नगरपालिकाको आयोजना तथा करुणा फाउण्डेसन नेपालको साझेदारीमा अपाङ्गता भएका ब्यक्तिलाई शुक्रबारबाट न्यानो कपडा वितरण थालिएको छ ।

माई नगरपालिकाका प्रमुख दिपककुमार थेवे र उपप्रमुख बिष्णुमाया आचार्यले अपाङ्गता भएका विपन्न ब्यक्तिलाई न्यानो कपडा (ब्लांकेट, सिरक) प्रदान गरेका हुन् ।
नगरभित्रका ५१ जना अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम बमोजिम शुक्रबार १८ जनालाई प्रदान गरिएको हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम माईका समन्वयकर्ता नविनकुमार पौड्यालले जानकारी दिए । न्यानो कपडा माई नगरभित्रका सबै वडामा वितरण गरिने छ ।
यसैवीच हेरचाहका लागि उत्पेरणा कार्यक्रमअन्तरगत अपाङ्गता भएका ब्यक्तिहरुलाई माई नगरपालिकाले सहायक सामग्री सहयोग, सीप विकास तालिम, शैक्षिक सामग्री सहयोग, आवासीय संरचना सहयोग, सेनिटरी प्याड सहयोग, आयआर्जन सहयोग, स्वास्थ्य विमा सहयोग, वीउपूँजी अनुदान सहयोग, स्वास्थ्य उपचार सहयोगलगायतका सहयोग गर्दै आएको मेयर थेवेले जानकारी दिए ।
यता नगरस्तरीय अपाङ्गता समन्वय समितिका संयोजक तथा माईका उपप्रमुख आचार्यले अपाङ्गताको क्षेत्रमा आगामी दिनमा समेत उल्लेख्य काम गर्दै जाने बताइन् ।
उपमेयर आचार्यले अपाङ्गताको क्षेत्रमा कहिकतै समस्या रहे थप सहयोग गर्न नगर तयार रहेको धारणा राखिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्