बिर्तामोड , माघ १७ । नेपाल तरुण दलका नेता भीम तुम्बाफोमाथि जवर्जस्ती करणीको आरोप लागेको छ ।

नेपाल तरुण दलका हल्दिबारी सभापति तुम्बाफोमाथि एकजना महिलाले जवर्जस्ती करणीको उजुरी दिएकी हुन् । श्रीमान नभएकी ती महिलालाई तुम्बाफोले डर त्रास देखाएर पटकपटक यौन शोषण गर्दै आएको र यातना दिएको बताइएको छ । बिहीबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा ती महिलाले उजुरी दर्ता गराएको प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले पुष्टि गरे । उजुरी गर्ने महिलाको मेडिकल जाँच गरिएको र घटनामा संलग्न भनिएका तुम्बाफोको खोजी भइरहेको प्रहरीले जनाएको छ ।