बिर्तामोड , माघ १७ । सरसफाईका स्वदेशी उत्पादन ग्राहकसमक्ष आपूर्ति गरी प्रवद्र्धन गर्ने उद्धेश्यले बिर्तामोडमा भूमिका सप्लायर्स स्थापना गरिएको छ ।

सर्जिकल र मेडिकल सामानहरु पूर्वका चार जिल्लाका ग्राहकसमक्ष पुर्याउने उद्धेश्यले आफूहरुले अधिकृत बिक्रेताको रुपमा सो सप्लायर्स खोलेको कार्यालय प्रमुख सन्तोष राजवंशीले बताए । उनले स्वदेशी त्यसमा पनि स्थानीय उत्पादनलाई बजारीकरण गरिने जानकारी दिए । सप्लायर्सले शुरुमा कंचनजंघा हस्पिटल इक्युपमेन्ट प्रालि बिर्तामोड र फ्युचर केमिकल प्याकेजिङ उद्योग बाह्रदशीका उत्पादनलाई आपूर्ति गर्ने जनाएको छ । कार्यक्रममा कंचनजंघा हस्पिटल इक्युपमेन्ट प्रालिका सेल्स मेनेजर सेमन्त पोखरेल , मेनेजर रुशिल श्रेष्ठ , फ्युचर केमिकल प्याकेजिङ उद्योगका प्रबन्ध निर्देशक चन्दनकुमार चौधरी , मार्केटिङ अफिसर लोकनाथ नेपाललगायतले आफूहरुले उत्पादन गरी आपूर्ति गर्ने सामानको विशेषताका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा भूमिका सप्लायर्सले झापाका संस्थागत विद्यालयका छात्राहरुलाई १२०० वटा प्याड निशुल्क वितरण गरेको जानकारी दिइएको छ । करीव १ लाख छात्रालाई निशुल्क प्याड वितरण गर्ने योजना रहेको कार्यालय प्रमुख राजवंशीले बताए ।