बिर्तामोड , माघ १७ । कोरोना महामारीको संक्रमण न्यूनीकरणसँगै व्यापार व्यवसाय तंग्रिने क्रममा बिर्तामोडमा फुड फेस्टिभलको लहर चलेको छ ।

बिर्तामोडको दुई ठाउँमा एकैदिन फुड फेस्टिभल आयोजना गरियो । वानस्टप मल अगाडि र सिटी सेन्टरमा । बिर्तामोड सिटी सेन्टरको आयोजनामा शनिवारदेखि फुड फेस्टिभल एण्ड बम्पर सेल शुरु भएको छ । बिर्तामोड सिटी सेन्टर एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिअन्तर्गतको बिर्तामोड सिटी सेन्टरले बिर्तामोडको सिटी सेन्टरमा आयोजना गरेको फुड फेस्टिभल तथा बम्पर सेलको उद्घाटन बिर्तामोड नगरपालिकाका नगर प्रमुख धुव्रकुमार शिवाकोटीले गरेका थिए ।

बिर्तामोड सिटी सेन्टर एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिका अध्यक्ष घनेन्द्रकुमार पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड सिटी सेन्टरका सञ्चालक दिपेन्द्र राउतले स्वागत गरेका थिए । फुड फेस्टिभलमा भाक्कालगायत १५ वटा विभिन्न परिकारका स्टल राखिएको बिर्तामोड सिटी सेन्टरका सञ्चालक हिमालय प्रसाईले जानकारी दिए । माघ २० गतेसम्म सञ्चालन हुने फुड फेस्टिभल एण्ड बम्पर सेलमा बिर्तामोड सिटी सेन्टरमा सञ्चालित पसलबाट ग्राहकहरुले पाँचदेखि ५० प्रतिशत छुटमा सामग्री खरिद गर्न सक्ने व्यवस्था मिलाइएको बिर्तामोड सिटी सेन्टरका सञ्चालक राउतले जानकारी दिए । फुड फेस्टिभलको उद्घाटनमा ख्यातिप्राप्त गायक तथा प्रखर वक्ता रमेश प्रसाईको प्रस्तुति रहेको थियो भने अन्य दिन क्षितिज संगीत साधना प्रतिष्ठान झापाका कलाकारहरुको प्रस्तुती , अन्तराष्ट्रिय ब्याण्ड भायोलेटको प्रस्तुती रहने बिर्तामोड सिटी सेन्टरका सञ्चालक लक्ष्मण बस्नेतले जानकारी दिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रणित पुडासैनी र दिक्षा खातीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्