दमक,माघ १८ । दमक –६ स्थित लिङ्देन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले जिल्लाको शिवसताक्षी ८, झिलझिले बजारमा हिजोदेखि सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ ।

शिवसताक्षी क्षेत्रका शेयर सदस्यहरुको सुविधाका लागि संस्थाले सेवाकेन्द्र विस्तार गरेको अध्यक्ष पदम लिङ्देन (संकल्प) ले जानकारी दिए । सेवाकेन्द्रको शिवसताक्षी ८ का वडाध्यक्ष केहेरसिङ बस्नेतले उद्घाटन गरे । उद्घाटनका क्रममा वडाध्यक्ष बस्नेतले शिवसताक्षी क्षेत्रका आफना शेयर सदस्यहरुलाई सेवा पुर्याउन सहकारी सफल हुने बिश्वास व्यक्त गरे ।

सेवाकेन्द्रको उद्घाटनका अवसरमा १८ जना नयाँ शेयर सदस्य, ८ जना स्वर्णिम महिला बचत र २ जनाको बालबचत खाता खोलिएको र त्यस कार्यलाई नियमितता दिने संस्थाका झिलझिले सेवाकेन्द्रका संयोजक एवं संचालक समिति उपाध्यक्ष महेन्द्र चाम्लिङले जानकारी दिए ।
कार्यक्रममा झिलझिले सेवाकेन्द्रका सल्लाहकार संयोजक शिवकुमार योङ्या, संस्थाका निवर्तमान सचिव देशराज नेम्बाङ, कानुनी सल्लाहकार नरबहादुर लिङ्देन, चौतारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनबहादुर राई र साहित्यकार हरि हुक्पा चोङ्बाङ ,विभिन्न उपसमितिका प्रतिनिधि,शेयर सदस्य,कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

संस्थाले यसअघि गतवर्ष मात्र बिर्तामोडमा पनि आफ्नो सेवाकेन्द्र सञ्चालनमा ल्याएको थियो । आगामी दिनमा पनि थप केही स्थानमा सेवाकेन्द्र विस्तार गरिने संस्थाका सचिव दिलिप जवेगुले वताए ।
झिलझिले सेवाकेन्द्रका उप–संयोजक लिला राम लावतीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन सोही सेवाकेन्द्रका सदस्य सचिव किरण लिङ्देनले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्