बिर्तामोड , माघ १८ । नेपाल अलैंची व्यवसायी महासंघले इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्चार्जको कार्यभार सम्हालेका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यलाई स्वागत गरेको छ ।

देशभरिको अलैंचीको भण्डारणस्थल बिर्तामोडमा अलैंची लोड भई निर्यात हुँदासम्मका प्राविधिक समस्या र व्यवसायीहरुमा आउने समस्या सहभागीहरुले राखेका थिए ।
महासंघका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै व्यवसायी निर्मल भट्टराईले व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन सुरक्षा निकायको महत्वपूर्ण जिम्मेवारी हुने बताए ।उनले आपसी सहकार्यबाट व्यवसायमा आइपर्ने समस्या समाधान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रहरी नायव उपरीक्षक आचार्यले आफूले व्यवसायीहरुको मन जितेर शान्ति सुरक्षाको प्रत्याभूति दिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा इन्द्रचन्द विन्दल, सुवास भट्टराई , रोशनलाल अग्रवालले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्