दमक ,माघ १९ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षीस्थित झिलझिलेमा सदस्य अनुशिक्षण कार्यक्रम गरेको छ ।

सहकारीको शिक्षा उपसमितिको आयोजनामा झिलझिले सेवाकेन्द्रका ब्यवस्थापन उपसमितिका संयोजक चन्द्रमणि पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।
सदस्य अनुशिक्षण कार्यक्रममा नीतिनियम सेवासुविधासहित बिशेष उपचार कोषको बारेमा सहकारीका सचिव भुपाल बस्नेत र झिलझिले सेवाकेन्द्र प्रमुख ईन्द्र काकीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा कर्णाली सहकारी शिक्षा समिति सदस्य पदम श्रेष्ठ, देवीबहादुर थापा, सेवाकेन्द्रका कर्मचारीसहित ९० जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
सोही अवसरमा सहकारीका तर्पmबाट शेयर सदस्यहरुलाई बिभिन्न सुविधा रकम वितरण गरिएको थियो । शेयर सदस्य सीतादेवी लिम्बुका बुवाको निधन भएकोमा विशेष उपचार कोषबाट २० हजार रुपैयाँ, छत्रमाया लिम्बूका छोराको पथरियाको अपरेशन गरिएकोले साधारण कोषबाट ४ हजार रुपैयाँ र सदस्य सीतामाया कार्कीलाई साधारण कोषबाट ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।