बुधबारे, माघ २० । बरपिपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्तिले मंगलबारबाट बुधबारेमा सुपथ सहकारी पसल सञ्चालनमा ल्याएको छ ।

संस्थाका अध्यक्ष हरिप्रसाद पौड्यालको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका सहकारी शाखा प्रमुख देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा पसलको उद्घाटन गरिएको हो । प्रमुख अतिथि दाहालले बरपिपल सहकारीले थालेको पसलको व्यावसायिक सफलताको शुभकामना दिए ।

उनले सहकारीले बचत ऋणमा मात्रै होइन, अन्य कुरामा पनि लाग्नुपर्ने बताउँदै बरपिपलले शेयर सदस्य र स्थानीयको हितमा थालेको काम प्रशंसनीय रहेको बताए । कार्यक्रममा सहकारी पसलका संयोजक अनिल वाग्लेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सभापति पौड्यालले सहकारीले शेयर सदस्यको हितमा कार्य गरिरहेको बताए । ३८ जना शेयर सदस्यबाट शुरुवात गरिएको सहकारी शेयर सदस्यको माया हौसलाले प्रगतिको मार्गमा लागिरहेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्