झापा , माघ २१ । लागू औषधसहित झापामा ६ जना पक्राउ परेका छन् ।

झापा गाउँपालिकावाट ब्राउनसुगरसहित दुईजना भारतीय पक्राउ परेका हुन् । मंगलवार राति ७ वजे झापा गाउँपालिका वडा नं ४ नयाँवस्तीको चिहानघारीवाट पक्राउ पर्नेहरुमा जिल्ला किशनगंज गाउँ सतकौवा ८ वस्ने ३० वर्षिय मोहमद आलम र सोही ठाउँका २८ वर्षिय मतीउर रहमान रहेका छन् ।
विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदवाट खटिएको प्रहरी गस्ती टोलीले राति ७ वजे दुवै जनालाई चेकजाँच गर्दा पेन्टको गोजीमा पोलिथिनमा प्याक गरी राखेको ८ ग्राम ९०० मिलिग्राम ब्राउनसुगर र नगद भारतीय रकम ५०० को १८ थान , १०० को १ थान, ५० को १ र २० को एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रवक्ता राकेश थापाले दुवै जनालाई इलाका प्रहरी कार्यालय कुुमरखोदवाट ल्याई आवश्यक अनुसन्धान भईरहेको जनाएका छन् ।

त्यस्तै ब्राउनसुगरसहित दमकमा पनि दुई जना पक्राउ परेका छन् ।
राति ८ बजे बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक ९ बुद्धटोल बस्ने २० वर्षिय अजय राईको सुत्ने कोठामा खानतलासी गर्ने क्रममा २ ग्राम ब्राउनसुगर ,डिजिटल तराजु १ थान, नगद ७ हजार तथा मोबाईल २ थान बरामद गरेको थियो । कोठामा उनीसंगै बस्दै आएका सोही ठाउँका २५ वर्षिय बिकल बिशुङखेसमेत दुवैलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय दमकमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यसैगरी लागू औषधसहित थप दुईजना पक्राउ परेका छन् ।
बुधबार दिउँसो २ बजे भद्रपुर नगरपालिका वडा नं. ५ नरसिंह बगानमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा दमक नगरपालिका वडा नं. १२ बस्ने २६ वर्षिय विकास परियार र सोही ठाउँका २८ वर्षिय शरण राईलाई लागू औषधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट लागू औषध डाईजेपाम १८ एम्पुल, बुप्रेनरफिन १८ एम्पुल र फेनारगन १८ एम्पुल गरी जम्मा ५४ एम्पुल लागू औषध फेला पारी वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।