बिर्तामोड , माघ २१ । दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मंगलबार बिहान कनकाई ८ स्थित बिरिङ पुलमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे ११ प ५७६७ नं. को मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बा ७९प ७८८५ नं. को अर्को मोटरसाईकल एकापसमा जुधेका थिए । दुर्घटनामा बा ७९प ७८८५ मोटरसाईकल चालक शिवसतासी ९ बस्ने २३ वर्षिय करण कार्कीको कम्मरको बायाँ साईडमा गम्भीर चोट लागेर उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा उपचार हुन नसकी थप उपचारको लागि धरान रेफर गरिएको थियो । घोपामा समेत उपचार संभव नभएपछि भारतको सिलिगुडी लाने क्रममा बुधबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि मे ११ प ५७६७ नं. को मोटरसाईकल चालक दमक ५ बस्ने ४५ वर्षिय भिमबहादुर लिम्बु र दुवै मोटरसाईकल ईलाका प्रहरी कार्यालय घैलाडुब्बाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।