भद्रपुर ,माघ २१ । झापाको भद्रपुर १० स्थित चन्द्रगढी समाजसेवाले समाजको दोस्रो वार्षिकोत्सव तथा स्थापना दिवसको अवसर पारेर २ जना बृद्धबृद्धालाई सम्मान गरेको छ ।

भद्रपुर १० स्थित हनुमान चौकमा बुधवार आयोजित कार्यक्रमका बीच भद्रपुर ९ निवासी ८५ बर्षिया मनकुमारी पोखरेल तथा भद्रपुर १० निवासी ७९ बर्षिय विश्वनाथ अधिकारीलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि गोलोक गोबर्धन धाम शिवसतासीका प्रमुख नन्दकिशोर भारद्वाज सुवेदी ,संस्थाका अध्यक्ष कमलप्रसाद अधिकारीलगायतले जेष्ठ दुवैलाई दोसल्लासहित प्रशंसापत्र प्रदान गरेर सम्मान गरेका थिए । सोही अवसरमा मेची अंचल अस्पतालका चिकित्सक मनोज शाहले स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि सुवेदी ,ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीका प्रमुख जनक तिम्सिना, भद्रपुर जेसीजका अध्यक्ष खिलानाथ पाण्डे निकास ,वडा नं ९ का कार्यवाहक वडाध्यक्ष राम दाहाललगायतले मन्तव्य राख्दै समाजले गरेको कार्यहरुको प्रशंसा गरेका थिए । संस्थाले बुधवार नै आयोजित कार्यक्रमका बीच मेची अंचल अस्पताल भद्रपुरलाई १ थान बे्रन्च प्रदान गरेको थियो ।
अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन देवीमाया अधिकारी र स्वागत मन्तव्य नयाँनाथ पाण्डेले रागरेका थिए । सो अवसरमा संस्थाका मानार्थ तथा संरक्षक सदस्य १–१ जनासहित २० जना आजीवन सदस्यहरुलाई सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्