कुमरखोद , माघ २१ । कर्णाली वचत तथा ऋण सहकारी संस्थाले झापा गाउँपालिकाका एक जना सदस्यले लिएको १० लाखभन्दा बढी कर्जा मिनाहा गरेको छ ।

झापा गाउँपालिकाका शेयर सदस्य समाउल हकले लिएको कर्जा २० लाख रुपैयाँमध्ये हकको निधन भएको र उनले तिर्न बाँकी १० लाख ६२ हजार १ सय ७४ रुपैयाँ मिनाहा गरिएको सहकारीका सचिव भुपाल बस्नेतले जानकारी दिए । सहकारीबाट कर्जा लिएका सदस्यको मृत्यु भएमा बाँकी रकम मिनाहा गर्ने नियम बमोजिम उक्त रकम मिनाहा गरी हकको परिवारलाई मानोचामल वापत् ६ हजार रुपैयाँ उपलब्ध गराईएको उनले जनाए ।

सहकारीको शिक्षा उपसमितिको आयोजनामा बुधबार झापा गाउँपालिकामा आयोजित एकदिने सदस्य अनुशिक्षण कार्यक्रमको अवसर पारेर रकम मिनाहासहित सिदा रकम हस्तान्तरण गरिएको हो । झापा गाउँपालिका सेवाकेन्द्र ब्यवस्थापन उपसमितिका संयोजक टंक विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्यता रहेको थियो ।
सदस्य अनुशिक्षण कार्यक्रममा नीतिनियम सेवासुविधासहित बिशेष उपचार कोषको बारेमा सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठ र सचिव बस्नेतले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्