मेचीनगर , माघ २१ । चारआलीस्थित शहीद दशरथ चन्द माध्यमिक विद्यालयमा ईश्वर रिजालको सभापतित्वमा नेविसंघ एकाइ समिति गठन भएको छ ।

रिजालको नेतृत्वमा ५५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो ।
समितिको उपसभापतिमा लक्ष्मी कट्टेल र अनुप भट्टराई, सचिवमा निकेश वि.क.र रविना प्रधान, सहसचिवमा मिलन गौतम, मनिषा सापकोटा, सौरभी सिवा, समिर केसी, जीवन घिमिरे र जोरी खातुन सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा रुबिना डाँगी र जमुना भेटवाल तथा स्नातक तह तथा माविस्तरीय संयोजकमा समिक्षा सिवा र सुमना धिमाल चयन भएका छन् ।
नेविसंघ शहीद दशरथ चन्द माविका निवर्तमान सभापति असल लिम्बूको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेविसंघ झापा जिल्ला प्रवक्ता सञ्जय निरौला रहेका थिए ।
त्रिदेव क्याम्पस नेविसंघका एकाइ सभापति आइतहाङ लिम्बूले नेविसंघको संक्षिप्त परिचयसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

त्रिदेव क्याम्पस नेविसंघका एकाइ उपसभापति अर्जुन गौतमले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव तुलसी बस्नेत (सौरभ) ले गरेका थिए ।