बिर्तामोड , माघ २२ । विभिन्न संघसंस्थामा आबद्ध सामाजिक व्यक्तित्व पर्शु सिटौलाको गएराति निधन भएको छ ।

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष , विराट बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष , अनारमनी पव्लिक क्याम्पसका उपाध्यक्ष, विराट भरत विश्रान्तिका कोषाध्यक्ष ,दुर्गा मन्दिर निर्माण समितिका अध्यक्ष , सिटौला सेवा समाजका निवर्तमान अध्यक्षलगायतका पदमा रहेर सामाजिक क्षेत्रमा क्रियाशील ५५ वर्षिय सिटौलाको राति ८ बजे ह्रदयघातबाट निधन भएको हो । राति साढे ७ बजे शौचालय जाँदा नाक र मुखबाट अचानक रगत बगेर बेहोस भएका उनलाई उपचारका लागि बिएण्डसी हस्पिटल लाँदालादै बाटैमा मृत्यु भएको विराट बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रुद्र सिटौलाले बताए । उनको असामयिक निधनले धेरैजना दुखी भएका छन् । दिवंगत सिटौलाका श्रीमती ,दुई छोरी र एक छोरा छन् । उनको आज विहान ११ बजे कन्काई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।