दमक, माघ २२ । झापामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाईते भएका छन् ।
शिबसताक्षी ११ झरना पुलस्थित पूर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको बसको ठक्करबाट शिवसताक्षी ११ का ४० बर्षिय पूर्ण कडरियाको मृत्यु भएको हो । मे १ ख १९८० नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ५६ प २९५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कडरिया र सोही ठाउँका २८ बर्षिय शंकर तामाङ गम्भीर घाईते भएका थिए । उपचारको क्रममा गएराति साढे ९ बजे बिएण्डसी अस्पताल बिर्तामोडमा कडरियाको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बसचालक झापा मेचीनगर ६ का ५० बर्षिय मानबहादुर रसाईली झिलझिलेको नियन्त्रणमा रहेको जनाइएको छ । त्यसैगरी कन्काई ३ चम्पापुर चोकस्थित उतर दक्षिण भित्री सडक खण्डमा दक्षिणबाट उतरतर्फ आउँदै गरेको प्र.१ –०१–०१२प.८६९० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक झापा कन्काई ३ का २२ बर्षिय मौसम आचार्य र २० बर्षिय पुजन आचार्य गम्भीर घाईते भएका छन् । उनीहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जनाइएको छ ।