झापा , माघ २२ । प्रतिबन्धित लागू औषधसहित झापामा फेरि एकजना पक्राउ परेका छन् ।

गएराति ९.३० बजे मेचीनगर ६ स्थित मेची डाँडामा बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दमक ३ बस्ने २३ वर्षिय संदिप राईलाई पक्राउ गरको हो । उनले साथमा लुकाई ल्याएको हाईड्रोक्लोराईड ९ एम्पुल, डाईजेपाम ८ एम्पुल र लुपिजेसिक ८ एम्पुल गरी जम्मा २५ एम्पुल लागू औषध बरामद भएको छ । राईलाई नियन्त्रणमा लिई इप्रका काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हिजो झापामा लागू औषधसहित ६ जना पक्राउ परेका थिए ।



