झापा , माघ २२ । नेकपाको प्रचण्ड–माधव समूहले आव्हान गरेको एकदिने बन्दको झापामा आंशिक प्रभाव परेको छ ।

बन्दकर्ताहरु बन्द गराउन सडकमा देखिएका छन् । बन्द गराउने क्रममा बिर्तामोडमा बन्दकर्ताले एउटा गाडी तोडफोड गरेका छन् । प्रचण्ड–माधव समूहका कार्यकर्ताले बिर्तामोडको पश्चिम बस स्टेन्डनजिकै मे १ च १९४२ नम्बरको कार तोडफोड गरेका हुन् ।

बन्दकर्ताहरुले रोक्न खोज्दा चालकले किच्न खोजेपछि गाडीमा तोडफोड भएको हो । बन्दकर्ताले ढुंगा हानेपछि गाडी चालकले उत्रिएर हातपात गरेको जनाइएको छ । घटनामा नेकपाका विद्यार्थी नेता मदन भट्टराईको हातमा चोट लागेको छ ।

गाडी तोडफोड भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो । बन्द गर्ने र गाडी चलाउनेबीचको असमझदारीले घम्साघम्सी भएको र आफ्रूहरुले त्यसलाई मिलाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्