रक्तदान भन्नाले कुनै मानिसले स्वेच्छाले आफ्नो रगत दान गर्नुलाई बुझाउँछ । हामीले सुन्ने गरेका छौं, रक्तदान जीवनदान । रक्तदान गर्नु पुण्यको काम हो । किनभने हामीले दिएको रगतबाट कसैले जीवन पाउँछ । यद्यपि हामीले रक्तदान कस्तो अवस्थामा गर्न सक्छौं, रक्तदान गरेपछि हाम्रो शरीरलाई फाइदा–बेफाइदा के हुन्छ, हामीले गरेको रगतकहाँ, कसरी प्रयोग हुन्छ,भन्ने जिज्ञासा धेरैमा देखिन्छ ।
रक्तदान गर्नाले अन्य व्यक्तिको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहन्छ । सामान्यतया एउटा व्यक्तिको शरीरमा ६ लिटर (करिब दश युनिट) रगत उत्पादन हुने गर्दछ । जबकी रक्तदानको समयमा भने एक युनिट अर्थात ४७० मिलिमिटर रगत मात्र निकालिने गरिन्छ । त्यो भनेको शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशत मात्र भएकाले रक्तदानका क्रममा
त्यसरी रगत निकाल्दा व्यक्तिलाई भने कुनै हानी गर्दैन । हामीले दान गरेको रगत अरू कसैलाई दिइने भएकाले केही अवस्थामा रक्तदान गर्नु हुँदैन ।
जस्तै ः– एकपटक रक्तदान गरेपछि तीन महिना नहुञ्जेल फेरि रगत दिनु हुँदैन । १८ वर्षभन्दा कम उमेर तथा ६० वर्षभन्दा बढी उमेर भएमा, महिलाहरुमा महिनावारी भएमा, गर्भवती भएमा, व्लड प्रेसर कम भएमा, बारम्बार रिङ्गटा लाग्ने , चक्कर हुने वा बेहोस हुने समस्या भएमा पनि रगत दान गर्नु हुँदैन ।
यसैगरी उच्च रक्तचाप, मधुमेहलगायतका दीर्घकालीन रोग भएमा कुनै गम्भीर समस्या भएमा, कालाज्वर, डेंगु, हेपाटाइटिस बी लगायतका सरुवा रोगको संक्रमण भएमा, टाइफाइड, जण्डिस, सामान्य ज्वरोलगायतका संक्रमण भएमा, कुनै कारणले औषधि सेवन गरिरहेको बेला रक्तदान गर्नुपूर्व र गरिसकेपछि हामीले थोरै खानेकुरामा ध्यान दिन आवश्यक देखिन्छ ।जस्तै
–सागसब्जी बढी खाने
–आइरन पाइने खानेकुरामा बढी जोड दिने
–भिटामिन बी १२ युक्त खानेकुराको सेवन गर्ने
–अनार रगतको राम्रो स्रोत भएकाले बढीभन्दा बढी अनारको सेवन गर्ने
–अमला लगायतका भिटामिन सीयुक्त खानेकुरा बढी मात्रामा खानु पर्छ ।
मानवको जीवन बचाउन मद्धत गर्ने एकमात्र उपाय रक्तदान हो । त्यसैले हामी सबैलाई अनिवार्य रक्तदान गरौं । arpanasapkota381@gmail.com

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्