माई, इलाम , माघ २३ । जिल्ला स्वास्थ्य कार्यालय इलामको आयोजनामा इलामको माई नगरपालिकामा एकदिने नगरस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख दीपककुमार थेबेले नवजात शिशुलाई स्वस्थ बनाउन आमा र परिवारलाई स्वास्थ्यसम्बन्धी सचेतना दिनुपर्ने आबश्यकता आंैल्याए । नगर प्रमुख थेबेले करोडांैको लगानीमा निर्माण भएका अस्पताल भवन भन्दा स्वास्थ्यसम्बन्धी आधारभूत सचेतना ठूलो हुने बताए ।

समुदायमा आधारित नवजात शिशु तथा वाल रोगको एकिकृत व्यवस्थापन कार्यक्रमको सेवामा पहँुच, समता तथा उपयोगिता बढाउन आयोजित अभिमुखीकरण कार्यक्रममा माईका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । नगर प्रमुख थेबेको अध्यक्षता तथा जिल्ला स्वास्थ्य कार्यालय इलामका स्वास्थ्य निरीक्षक कुलबहादुर पौडेलले सहजीकरण गरेको अभिमुखीकरणका सहभागीहरुले नवजात शिशु तथा वाल रोगका सम्बन्धमा वडा–वडामा सचेतना आबश्यक रहेको बताएका थिए । माई नगरपालिका स्वास्थ्य निरीक्षक पुष्कर कट्टेलको सञ्चालन रहेको कार्यक्रममा नगर प्रमुख थेबे, उपप्रमुख बिष्णुमाया आचार्य, वडाध्यक्ष मुखराज आङ्गदम्बेलगायतले आ–आफ्नो विचार राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्