मेचीनगर , माघ २३ । बढ्दो लागू औषध दुर्व्यसनविरुद्ध सचेतना जगाउन काँकरभिट्टामा प्रभातफेरि निकालिएको छ ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको आयोजनामा लागू औषधबिरुद्ध सचेतनामुलक प्रभातफेरी निकालिएको हो ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सर्वसाधारणलाई लागू औषधसम्बन्धी ज्ञान दिने उद्देश्यले मेचीनगर ७ कालीखोलाबाट शुरु भएको प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गर्दै काँकरभिट्टा बजारमा आएर समापन भएको थियो । प्यारीभिट्टा युवा क्लव मेचीनगरसंगको सहकार्यमा भएको प्रभातफेरिमा ‘दुर्व्यसनबाट आफू पनि बचौँ र अरुलाई पनि बचाउँ ’जस्ता नारा लेखिएका प्ले कार्ड तथा व्यानर प्रयोग गरिएको थियो । प्रभातफेरिमा प्रहरी र स्थानीय गरी करिव ८० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्