झापा , माघ २३ । आगलागीमा परी मृत्यु भएका कचनकवल १ घेरावारीका गोबर्धन राजबंशीको परिवारलाई दमक अपाङ्ग सहयोग समितिले राहत प्रदान गरेको छ ।

समितिले आगलागीबाट विस्थापित भएको राजवंशी परिवारलाई दुईवटा सुत्ने खाट , चामल , भुजा , नूनतेललगायतका खाद्य सामग्री प्रदान गरेको हो । आफ्नो रोहवरमा ती सामग्री समितिले हस्तान्तरण गरेको कचनकवल १ का वडाध्यक्ष लक्ष्मीनारायण यादवले बताए ।

कार्यक्रममा समितिका सचिव मदन बोहोरा , सहयोगीहरु पुष्पा सापकोटा काफ्ले , ह्याप्पी नेपालका महासचिव नरेन्द्रकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । विभिन्न सहयोगीहरुबाट संकलन गरेर ती सामग्री हस्तान्तरण गरिएको समितिले जनाएको छ । शारीरिक रुपमा विकलांग भएका ६६ वर्षिय राजबंशीको आइतबार राति जलेर मृत्यु भएको थियो । आगलागीबाट उनको घर र घरभित्र रहेका सम्पूर्ण धनमाल जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्