कुमरखोद, माघ २३ । नेपाल शिक्षक संघ झापा गाउँपालिकाको दोस्रो र तेस्रो साधारणसभा सम्पन्न भएको छ ।

नेपाल शिक्षक संघ झापा गापाका अध्यक्ष जगन्नाथ राजवंशीको अध्यक्षतामा डिल्लीराज माविको सभाहलमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस महासमिति सदस्य तथा पूर्व जिल्ला उपसभापति देउकुमार थेवे रहेका थिए भने विशिष्ट अतिथिमा झापा गाउँपालिका अध्यक्ष तथा क्षेत्रीय सभापति जयनारायण शाह , नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति अध्यक्ष नेत्रप्रसाद खरेल र नेपाल शिक्षक महासंघ जिल्ला सचिव तोयानाथ दाहाल रहेका थिए । प्रमुख अतिथि थेवेले नेपाल शिक्षक संघले पेशागत उन्नयन र विकासका साथै लोकतन्त्रको संरक्षण सम्वद्र्धनमा उल्लेखनीय भूमिका खेलेको बताए । त्यसैगरी विशिष्ट अतिथि जयनारायण शाहले झापा गाउँपालिकाको शैक्षिक सुधारमा संस्थागत रुपमा सहकार्य गर्दै अगाडी वढेको भन्दै आगामी दिनहरुमा पनि शैक्षिक सुधारका लागि आप्mनो भूमिका प्रधान नै रहने बताए । त्यसैगरी अर्का विशिष्ट अतिथि नेपाल शिक्षक महासंघका सचिव तोयानाथ दाहालले पनि छाता संगठनको रुपमा रहेको महासंघको भूमिका शैक्षिक गतिविधि र शिक्षकका समस्या समाधानका लागि रहेको बताए । अर्का विशिष्ट अतिथि नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष नेत्रप्रसाद खरेलले संस्थाको विकासमा संस्थामा आवद्ध शिक्षकहरुले महत्वपूर्ण योगदान गर्नु पर्ने धारणा राखेका थिए ।
नेपाल शिक्षक संघ झापा गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया सिटौलाले स्वागत मन्तव्य राखेको कार्यक्रममा अध्यक्ष जगन्नाथ राजवंशीले कार्यक्रमको औचित्यतामाथि प्रकाश पारेका थिए भने नेपाल शिक्षक संघ झापा गाउँपालिकाका अर्थ सचिव प्रतापसिंह विश्वकर्माले आर्थिक वर्ष २०७६ – ०७७ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा अनिता केसी , राजकुमार यादव , योगेन्द्र पौडेल , देवेन्द्रचन्द्रसिंह राजवंशी , हरि राजवंशी, अन्जु थपलियाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन शिक्षक संघ झापा गापाका सचिव उमाराम रिजालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्