झापा ,माघ २५ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को बजारप्रतिनिधिस्तरीय हाजिरीजवाफ प्रतियोगिताको फाइनल खेल शनिश्चरे कार्यालयस्थित एनएमसी भवनमा सम्पन्न भएको छ ।

मेचीनगर, बिर्तामोड, अर्जुनधारा, भद्रपुर, शिवसताक्षी र कनकाई गरी ६ वटा क्षेत्रीय कार्यालयहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल बिर्तामोड क्षेत्रीय कार्यालयले जितेको छ । त्यस्तै मेचीनगरले दोस्रो र अर्जुनधाराले तेस्रो स्थान हात पारेका छन् । खेल बराबरीमा टुङ्गिएपछि गोलाप्रथाद्वारा बिजेता छनोट गरिएको थियो ।
संस्थाका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइराला, उपाध्यक्ष भगवती घिमिरे, संचालक समिति सदस्य कमल गुराँगाईलगायतको विशेष उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता वित्तीय साक्षरता उपसमिति संयोजक गोपालप्रसाद प्याकुरेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन अर्जुनधारा क्षेत्रीय कार्यालय प्रमुख बासुदेव खतिवडाले गरेका थिए । वितीय साक्षरता उपसमितिका सदस्य कमलप्रसाद पाठक र दिपक दाहालले प्रतियोगीलाई प्रश्न सोधेका थिए ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमश १० हजार, ८ हजार र ६ हजार रुपैयाँसहित प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्