कुमरखोद, माघ २५ । झापा गाउँपालिका वडा नं २ मा रहेको उत्सव कृषि सहकारी संस्थाले आफ्ना पशुपालक शेयर सदस्यहरुको आयआर्जन लागि आयोजना गरेको ३ दिवसीय कृषक क्षमता अभिवृद्धि तालिम आईतवार सम्पन्न भएको छ ।

कृषकहरुको जीवनस्तरलाई उकास्नको लागि उत्सव कृषि सहकारी संस्थाले विभिन्न क्षेत्रवाट विज्ञहरुलाई वोलाई आफ्ना शेयर सदस्यहरुलाई गाईपालन तथा कृषिसम्वन्धी तालिम दिएको हो । गाईपालन तथा कृषिसम्वन्धी तालिममा विज्ञहरु डा.पशुपति ढुङ्गाना , कुमारसिंह खत्री , पदम राई , पशुपति पोखरेल र विनय श्रेष्ठले प्रशिक्षण दिएका थिए । अधिकांश विज्ञहरुले गाई पाल्ने तरिका , गाई बस्ने गोठ , घाँसका प्रजाति र पशुहरुलाई लाग्ने रोगका वारेमा बताएका थिए ।
उत्सव कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष जयनारायण शाहले झापा गाउँपालिका धानजोन कार्यक्रमअन्तर्गत परिसकेकोले कृषि र पशुपालन क्षेत्रमा राम्ररी ध्यान दिन सक्दा वेरोजगार हटेर जाने बिश्वास व्यक्त गरे । उनले आउँदो फागुन महिनाभित्र संस्थाले दुध संकलन तथा चिस्यान केन्द्र खोल्ने समेत बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्