बिर्तामोड , माघ २५ । गत पुष ५ गते प्रधानमन्त्रीले गरेको संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदम भएको ठहर गर्दै नेकपाको भगिनी संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाले संसद पुनस्र्थापनाको माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्रीको कदम सच्याउन माग गर्दै अनेमसंघ झापाले ज्ञापनपत्र पठाएको छ ।
अनेमसंघ जिल्ला संघर्ष समिति झापाको नेतृत्वमा अनेमसंघका केन्द्रीय तथा जिल्ला तहका नेतृहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले ज्ञापनपत्र तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिवद्धता व्यक्त गरेको केन्द्रीय सदस्य पवित्रा निरौला खरेलले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्