बनजंगल, मठमन्दिर नदीनालाको जगेर्ना गर्नु हामी सबैको उत्तिकै दायित्वमा पर्ने गर्छ । तर यहाँ ठिक उल्टो भइरहेको छ ।खोला नदीको संरक्षण गर्नुपर्ने अवस्थामा उल्टै दोहन भैरहेको छ । बढ्दै गएको शहरी आवासले हरेक बर्ष खोला साघुरिदै गइरहेको छ । त्यहीमाथि नगरपालिकाले फोहोरमैलाको उचित ब्यबस्थापन गर्न नसक्दा फोहोर फाल्ने डम्पिङ साइटमा परिणत हँुदैछ । त्यसो त राज्य कोषबाट खोला,नदी संरक्षणको लागि प्रत्येक बर्ष करोडौं रुपैयाँ बजेट आइरहेको हुन्छ । तर, त्यो रकम कहाँ जान्छ कसरी खर्च हुँदैछ ? कसैलाई चासो छैन यस्ता विषयमा । संरक्षण त हुँदैछ तर यो हिसाबको संरक्षणले त झन्झन् अदुवा खोला कुरुप बन्दै गइरहेको छ ।

विगतका दिनहरुमा सरसफाइ पनि भएकै थियो । स्थानीय निकायले खोला संरक्षणमा अलि चासोको विषय बनाएर, स्थलगत अनुगमन, खोलाको किनारका बसेका बस्ती टोल सुधार समितिलाई केही जिम्मेवारी प्रदान गर्नु, समयमा नगरको ट्याक्टरहरुलाई निश्चित ठाउँ तोकेर ट्याक्टरहरु परिचालन गराउनु ,अव्यवस्थित रुपमा संचालन गरिएका, खसी, कुखुरा काट्ने ठाउँको उचित ब्यबस्थापन गरी निश्चित ठाउँ तोकिदिएर गोसखान निर्माण गर्न पहल गर्नु, होटलबाट निस्केको कुहिने फोहोरहरुलाई कम्पोष्ट मलका लागि निश्चित ठाउँ बनाएर ती फोहोरहरुलाई कम्पोष्ट मलमा परिणत गर्ने–गराउने,समय–समयमा फोहोरमैलाको बारेमा जनचेतना जगाउने हरेक टोलमा । यी सम्पूर्ण अवधारणा निर्माण भएपछि जथाभावी फोहोर गर्नेलाई कानुनी कार्वाही गर्न– गराउन प्रशासनसंग सहकार्य गरी अघि बढ्ने । नगरले यतिसम्म गर्दिए पक्कै पनि अदुवा खोला पुनः पहिलेकै अवस्थामा आउने छ, फेरि हाम्रो अदुवा खोला कलकल भएर बग्ने छ । धन्यवाद
( आचार्य सरसफाई अभियन्ता हुन् )

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्