बिर्तामोड, माघ २६ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले अदालतले संविधानको अक्षरशः पालना गर्ने हो भने संसद पुनर्स्थापना भएरै छाड्ने विश्वास ब्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका पूर्व सभापति सुशिल कोइरालाको छैटौं स्मृति सभालाई जिल्ला पार्टी कार्यालय बिर्तामोडमा सोमबार सम्बोधन गर्दै सर्वोच्च अदालतले संसद पुनर्स्थापना नगरे नेपालको राजनीतिक कोर्समा गडबडी उत्पन्न हुन सक्ने आशंका ब्यक्त गरे ।

सरकारका नियुक्ति र लाभका पदमा दलीय दृष्टिकोण रहेपनि संविधानको ब्याख्या गर्ने कुरामा न्यायमूर्तिहरुले विवेक पु¥याउने विश्वास ब्यक्त गर्दै संविधान मस्यौदा समितिका सभापति समेत रहेका सिटौलाले भने–‘अदालतले फैसलापछिको परिणाम, जनमत, संविधानको मूल्य, मान्यता र भावनाको समेत ख्याल गर्नेमा म ढुक्क छु , न्यायमूर्तिहरु प्रधानमन्त्रीको पाउमा लम्पसार पर्ने छैनन् ।’ नियुक्ति गरेकै भरमा न्यायिक प्रक्रिया पक्षपातपूर्ण नहुने उदाहरण प्रस्तुत गर्दै सिटौलाले भने–‘अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका न्यायधीसहरुले ट्रम्पको मुद्धालाई खारेज गरिदिए, विश्वका लोकतान्त्रिक देशमा यस्ता थुप्रै उदाहारण छन् ।’

राज्यकोषको रकम कार्यकर्तालाई बाँडेर आन्दोलनमा सहभागी गराउने के.पी. ओलीको प्रवृत्तिलाई पञ्च¥यालीको संज्ञा दिदै सिटौलाले श्री ३ राणा महाराजहरुकै शैलीमा तानाशाही र हुकुमी शासनको अभ्यासमा लागेको आरोप लगाए ।
झापाकै स्थायी बासिन्दा प्रधानमन्त्री के.पी. ओलीले संविधानविपरित प्रतिनिधिसभाको विघटन गरेर गरेको गल्तीलाई झापाली जनताको बलियो दवावबाटै सच्याउन बाध्य बनाउनुपर्नेमा नेता सिटौलाले जोड दिए ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको अध्यक्षतामा सम्पन्न स्मृतिसभामा केन्द्रीय सदस्यहरु सरिता प्रसाई, दिलिप राई, पूर्व सांसद डिल्ली सिटौलालगायत अग्रज नेता, कार्यकर्ताको सहभागिता रहेको थियो ।

चरणबद्ध आन्दोलनमा उत्रिएको कांग्रेसले तेस्रो चरणको विरोधका कार्यक्रम जारी राखेको छ । यही क्रममा आगामी फागुन ३ गते कांग्रेसले देशब्यापी विरोध प्रदर्शन आयोजना गर्दैछ । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन बमोजिम झापामा पनि जिल्लाब्यापी विरोध प्रदर्शनलाई सदरमुकाम केन्द्रित गरिने नेपाली कांग्रेस झापाका सभापति थापाले जानकारी दिए ।
जिल्ला पार्टी कार्यालयमा सोमबार सम्पन्न बैठकले झापाका पाँचवटै क्षेत्रबाट मोटरसाइकल तथा चारपांगे्र सवारी साधनसहितको ¥याली सदरमुकाममा पुगेर जी.पी. स्मृति भवन अगाडिको चौरमा विरोधसभा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्