बिर्तामोड , माघ २७ । पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका वडा नं. ६ बस्ने २५ वर्षिय सफिक आमल रहेका छन् । सोमबार दिउँसो ३.३० बजे बिर्तामोडको पुरानो भद्रपुर रोड छेउमा पार्किङ गरी राखेको मे १० प २६७६ नं. को मोटरसाईकल हराएपछि गाडीधनी बिर्तामोड २ बस्ने होमनाथ शिवाकोटीले ईलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएका थिए ।

तत्काल ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा आमललाई चोरी गरेको मोटरसाईकलसहित फेला पारेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्