मेचीनगर, माघ २७ । कारोवार दैनिककी झापा समाचारदाता मनिषा चम्लागाई मेची उद्योग वाणिज्य संघद्वारा स्थापना गरिएको आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् ।

संघको १७ औं वार्षिक साधारणसभाको उद्घाटनको अवसरमा एक समारोहबीच उनी पुरस्कृत भएकी हुन् । पुरस्कारको नगद राशी १५ हजार रुपैयाँ रहेको छ । दोसल्ला पहिर्याएर उनलाई सम्मानपत्र प्रदान गरिएको छ ।आर्थिक पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए ।

यसैगरी, संघले कोभिड महामारीका बेला विरामीको निरन्तर सेवा पुर्याएवापत मेची आम्दा अस्पताल धुलावारीका मेडिकल डाइरेक्टर डा. पोषणरमण त्रिपाठीलाई सम्मान गरेको छ । दोसल्ला ओढाएर डा. त्रिपाठीलाई कदरपत्र प्रदान गरिएको थियो ।दुवै प्रतिभालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्