बिर्तामोड , माघ २८ । मोवाइलमा लोकप्रिय ब्राण्ड भिभोले नयाँ स्मार्ट फोन झापाको बिर्तामोडबाट सार्वजनिक गरेको छ ।

चीनको बीबीके इलेक्ट्रोनिक्स ग्रुपअन्तर्गतको हङफू इन्टरनेशनलले उत्पादन गरेको भिभो वाइ १२ एस नामको मोवाइल लन्चिङ कार्यक्रममा दमक, ताप्लेजुङ र बिर्तामोडका विक्रेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा केक काटेर मोवाइल सार्वजनिक गरिएको थियो ।
यो मोवाइलमा अन्यभन्दा धेरै फरक विशेषता रहेको कम्पनीले दावी गरेको छ । विशेषगरी यो मोवाइल युवा पुस्ताको रोजाइमा पर्ने बताइएको छ ।भिभो मोवाइलका लागि बिर्तामोडको आधिकारिक विक्रेता फिल नेपाल मल्ट्रीटेड कन्सर्न रहेको जनाइएको छ ।

मोवाइलमा १३ मेगापिक्चरको मुख्य र प्लस २ मेगापिक्चरको अर्को क्यामेरा रहेको छ । यस्तै साइड फिंगर प्रिन्ट, ६.५१ इन्चको एचडी प्लस डिस्प्ले, पाँच हजार एमएचजेडको ब्याट्री, उत्कृष्ट प्रोसेसर र अपरेटिङ सिस्टम, लो र सुपर पावर सेभिङ मोड, अल्ट्रा र मल्टीटर्बो गेम मोड, ३२ जीबी मेमोरी कार्ड यस मोवाइलका विशेषता भएको भिभो मोबाइलका नेपाल ट्रेनर सुजन श्रेष्ठले बताए । हालका लागि दुई कलरमा उपलव्ध यो मोवाइलको बजार मूल्य १७ हजार ९सय ९९ रुपैयाँ रहेको उनले जानकारी दिए ।
भ्यालेन्टाइन डेलाई मध्यनजर गर्दै मोवाइलले विशेष अफरसमेत ल्याएको छ । यो विशेष अफर फेबु्रअरी १४ देखि २८ सम्म लागू हुने कम्पनीका ट्रेनर श्रेष्ठले बताए । कम्पनीले वाई १२ एस मोबाइल फोनको मूल्य १७ हजार ९ सय ९९ रुपैयाँ कायम गरेको छ । तर फेब्रअरी १४ देखि २८ सम्म एक हजार रुपैयाँ तिरेर प्रिबुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोन १६ हजार ९ सय ९९ रुपैयाँ मूल्यमा पाउने भएका छन् ।

मोवाइल किन्नेहरुमध्येबाट लक्की ड्रमार्फत तीन जनालाई वाइ १२ एस मोवाइल प्रदान गरिनेछ । यस्तै लक्की ड्रमार्फत १०० जनाले २५ सय रुपैयाँ फिर्ता पाउनेछन् भने पाँचसय जनाले स्क्रीन परिवर्तन गर्न पाउनेछन् । मोवाइलको स्क्रीन टुटफुट भएमा मात्रै परिवर्तन गर्न सकिने कम्पनीले जनाएको छ ।
फेबु्रअरी ९ देखि १३ सम्म प्रि–बुकिङ गर्ने ग्राहकले उक्त मोबाइल फोनको खरिदमा एक हजार रुपैयाँ छुट पाउने भएका छन् भने प्रि–बुकिङ गर्ने र पछि खरिद गर्ने गाहकले पनि कम्पनीले घोषणा गरेको बिभिन्न आकर्षक पुरस्कारको बिजेता बन्ने अवसर पाउने व्यवस्था गरेको छ । सार्वजनिक कार्यक्रममा कम्पनीको एरिया सेल्स मेनेजर प्रकाश श्रेष्ठ, फिल नेपाल मल्ट्रीटेड कन्सर्नका प्रोपाइटर हिमाल प्रसाई, शिखर साकोसका अध्यक्ष दिपेन्द्र राउतलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन टेरिटोरि सेल्स मेनेजर निरज सिटौलाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्