कुमरखोद , माघ २८ । जनता समाज पार्टी झापाले वुधवार झापा गाउँपालिकामा राँके जुलुस प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक संसद विघटनको खारेजीको माग गर्दै जनता समाज पार्टी झापाले राँके जुलुस प्रदर्शन गरेको हो ।

साँझ करिव ७ वजे झापा गाउँपालिका कार्यालयको छेउवाट राँके जुलुस निकाली कामाटोली वजार परिक्रमा गरी नारावाजी गर्दै टेम्पु स्टेण्डमा कोणसभामा परिणत भएको थियो । जसपाले ‘असंवैधानिक कमद खारेज गर ,संसद पुनस्र्थापना गर , रेशम चौधरीलगायत राजवन्दीहरुको रिहा गर , सम्पूर्ण लोकतन्त्रवादीहरु एक हौ , केपी सरकार मुर्दावाद , जसपा जिन्दावाद’ का नारा लगाउदै राँके जुलुस प्रदर्शन गरेको थियो ।

जनता समाज पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राईले संविधान र लोकतन्त्र रक्षाका लागि सवै लोकतन्त्रवादीहरुले ओली सरकारको संसद विघटनको असंवैधानिक कदमको विरोध गर्नु पर्ने बताए । त्यस्तै प्रदेश नेता गौरीमान राईले केपी ओलीले आप्mनो व्यक्तिगत स्वार्थका लागि संसद विघटन गरेको भन्दै विफल बनाउन सवै नेपाली जनताले त्यसको प्रतिकार गर्नु पर्ने बताए ।
राँके जुलुसमा युवा जिल्ला अध्यक्ष महेन्द्र कटुवाल , तोयानाथ न्यौपाने , विश्वनाथ राजवंशी , सूर्यनारायण गणेशलगायतका नेताले ओलीले नियम विपरित संसद विघटन गरेको आरोप लगाएका थिए । जिल्ला अध्यक्ष दिपेनवाला राई र अनुपसिंह राजवंशीको अध्यक्षतामा भएको राँके जुलुसको संचालन जसपाका जिल्ला सचिव देवेन्द्रकिशोर ढ्ंगानाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्